सारांश
एजेन्सी । मोईन अलीको उत्कृष्ट बलिङमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को छैटौं खेलमा लखनऊ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ । चेन्नईको यो पहिलो जित हो । जितको लागि २ सय १८ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रन बनायो ।
लखनऊलाई ओपनर मेयर्स र कप्तान लोकेश राहुलले पहिलो विकेटका लागि मात्रै ५.३ ओभरमा ७९ रनको विष्फोटक सुरुवात गर्दै चेन्नईलाई दबाबमा राखेका थिए । मोईन अलीको बलिङ सामु लखनऊका ब्याटरले क्रिजमा धेरै समय टिक्न सकेनन् । अलीको बलमा ठूलो सट खेलेका मेयर्स डिप मिडविकेटमा डेभन कन्वेबाट क्याच आउट भए । उक्त विकेट चेन्नईको जितको टर्निङ प्वाइन्ट बन्यो । चेन्नईले अव शनिबार मुम्बई इन्डियन्ससँग खेल्नेछ ।
आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच अरुण जेट्ली स्टेडियम दिल्लीमा प्रतिस्पर्धा हुनेछ ।