सारांश
काठमाडौं । निर्णायक खेलमा आशिफ शेख र ज्ञानेन्द्र मल्लको शानदार अर्धशतकसँगै नेपालले युएईसँगको एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला २-१ ले जितेको छ ।
अन्तिम तथा तेस्रो एक दिवशीय अन्तर्राष्ट्रियमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो ।
घरेलु मैदानमा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला हासिल गरेको पहिलोपल्ट हो ।शुक्रबार त्रिवि मैदानमा सम्पन्न तेस्रो तथा निर्णायक एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा युएईले दिएको १७७ रनको लक्ष्य ४०.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्ने क्रममा ओपनर आशिफ र तेस्रो नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्रले अर्धशतकीय योगदान गरे ।
त्रिवि क्रिकेट मैदानमा गत सोमबार भएको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले बुधबार दोस्रो खेल ३ विकेटले जितेको थियो ।