सारांश
फिफा विश्वकप कतार २०२२ अन्तर्गत उद्घाटन खेलमा इक्वेडर विजयी भएको छ । अल बेयत रंगशालामा आयोजक कतार २-० ले पराजित हुन पुग्यो ।
कतार यस नतिजासँगै विश्वकपको उद्घाटन खेलमा हार बेहोर्ने पहिलो आयोजक टोली पनि बन्यो । २२ संस्करण आइपुग्दा विश्वकपमा आयोजक टोलीले पहिलो खेल हारेका थिएनन् । त्यस्तै कतार सन् १९७० मा मेक्सिको पछि उद्घाटन खेलमा गोल गर्न नसक्ने टोली बन्यो ।
यस सँगै इक्वेडरले समूहमा ३ अंक जोडेको छ । अब समूह ए अन्तर्गत सोमबार सेनेगल र नेदरल्यान्ड्सबिच खेल नेपाली समय अनुसार रातको ९:४५ बजे ।