Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

पोखरा विमानस्थलमा क्यालिब्रेसन उडान सुरू


सारांश

पोखरा विमानस्थलमा क्यालिब्रेसन उडान सुरू
images

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान सुरू भएको छ।

विमानस्थलमा एरो थाइ जहाजले आजदेखि एक सातासम्म क्यालिब्रेसन उडान सुरू गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ। 

प्राधिकरणकाअनुसार एरो थाइले २१ नोभेम्बरदेखि २७ नोभेम्बरसम्म विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्नेछ।

पोखरा विमानस्थलको क्यालिब्रेसन उडान सकिएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउँनेछ।

सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ। परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि कम्पनीहरूले अनुमति पाउनेछ।

सरकारले १ जनवरी २०२३ (पुस १७)देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ। 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij