Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

गौतमबुद्ध विमानस्थलबाट मलेसिया र दिल्ली उडान गर्ने तयारी


सारांश

गौतमबुद्ध विमानस्थलबाट मलेसिया र दिल्ली उडान गर्ने  तयारी
images

काठमाडौं । नेपाल वायुसेवा निगमले अगामी जेठ दोस्रो सातादेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर र भारतको दिल्ली उडान गर्ने तयारी गरेको छ । 

त्यसका लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वाणिज्य विभागका उपनिर्देशक सन्तोश पाण्डेको नेतृत्वमा एक विशे स्पेसल टास्क फोर्स गठन गरेका छन् । जसले आवश्यक उडान अनुमति, जनशक्ति, प्राविधिक तयारी, बजारीकरणलगायतका काम गर्नेछ । 

उडान अनुमतिका लागि सम्बन्धित देशहरूमा समन्वयको काम अगाडि बढाइसकेको र अनुमति आउनासाथ बुकिङ खुला गरिने निगमा प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।  उनका अनुसार निगमले सुरुमा हप्ताको एक उडान गर्ने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij