Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

  • बिहीबार , कात्तिक १३ २०८३

अर्जेन्टिनाको ३६ खेलसम्मको अपराजित यात्रामा साउदीले लगायो पूर्णविराम


सारांश

अर्जेन्टिनाको ३६ खेलसम्मको अपराजित यात्रामा साउदीले लगायो  पूर्णविराम
images

दोहा। साउदी अरबले मंगलबार साँझ दुईपटकको विजेता अर्जेन्टिनालाई २-१ गोलले हराएको छ।

समूह सीको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले सुरुवाती अग्रता लिएर पनि जोगाउन सकेन। साउदी अरबले दोस्रो हाफको सुरुवातमै दुई शानदार गोल गर्दै अर्जेन्टिनालाई पछाडि पारेको थियो। त्यसअघि पहिलो हाफमा लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।

अर्जेन्टिनाले विश्वकप फुटबलमा ३२ वर्षपछि पहिलो खेलमै हार ब्यहोरेको थियो। यसअघि सन् १९९० को विश्वकपमा अर्जेन्टिना पहिलो खेलमै पराजित भएको थियो। त्यतिबेला अफ्रिकी टोली क्यामरुनले अर्जेन्टिनालाई १-० गोलले हराएको थियो। तर त्यतिबेला अर्जन्टिना पछि फाइनलसम्म पुगेको थियो।

 

यस्तै अर्जेन्टिनाल‍े विश्वकपका खेलमा सुरुवाती अग्रता लिएर हार ब्यहोरेको ६४ वर्षपछि पहिलोपटक हो।

विश्वकपको समूह ‘सी’ मा अर्जेन्टिना र साउदी अरेबियासँगै पोल्यान्ड र मेक्सिको छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij