Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

त्रिभुवन विमानस्थलका सञ्चार उपकरणमा समस्या


सारांश

त्रिभुवन विमानस्थलका सञ्चार उपकरणमा समस्या
images

काठमाडौं । सञ्चार उपकरणमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ ।

सोहीकारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरुको उडान-अवतरण बन्द भएको हो ।

कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको बताइएको छ । टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij