सारांश
काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आजदेखि म्याचविका खेलहरु हुँदैछन् ।
ब्राजिल र सर्बियाबीच बिहीबार मध्यराति भएको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक-एक खेल खेलिसकेका छन् ।
आज समूह ए र समूह बीका दुई-दुई खेल हुनेछन् ।
आज समूह एमा रहेका नेदरल्याण्ड्स र इक्वेडर तथा कतार र सेनेगलबीच खेल हुनेछ भने समूह बीमा रहेका इंग्ल्याण्ड र अमेरिका तथा वेल्स र इरानबीच खेल हुनेछ ।
आजको पहिलो खेल वेल्स र इरानबीच दिउँसो पौने ४ बजे अहमद अली बिन स्टेडियममा सुरु हुनेछ ।
यस्तै समूह एमा रहेको घरेलु टोली कतारले सेनेगलसँग आफ्नो दोस्रो खेल खेल्दैछ ।
समूह ए कै नेदरल्याण्ड्स र इक्वेडर लगातार दोस्रो जितको लक्ष्यसहित राति पौने १० बजे प्रतिस्पर्धामा उत्रिनेछन् ।
यसैगरी मध्यराति पौने १ बजे इंग्ल्याण्डले अमेरिकासँग खेल्दैछ ।