सारांश
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा आएका केही अप्ठेरा र दवावहरुलाई फुकाउनका लागि सरकार क्रियाशील रहेको बताएका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै पेस भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले बाहिर हल्ला चलेजस्तो अर्थतन्त्र धेरै खराबको अवस्था नरहेको तर अर्थतन्त्रमा आएका केही अप्ठेरा र दवावहरुलाई फुकाउनका लागि सरकार क्रियाशील रहेको बताए ।