Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

गुल्मीको रेसुंगा विमानस्थलमा अब नियमित उडान हुने


सारांश

गुल्मीको रेसुंगा विमानस्थलमा अब नियमित उडान  हुने
images

काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा अब नियमित उडान हुने भएको छ।

यसअघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेकामा अब वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नियमित उडान गर्ने तयारी गरेको हो। शुक्रबार निगमले  परीक्षण उडान गर्दैछ। रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले सातामा एउटा उडान गर्ने गरी नेपाल एयरलाइन्ससँग सम्झौता गरिएको बताएका छन्।

रेसुंगा विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ०७१ सालबाट नियमित काम भएर ०७५ सालमा कच्ची (धुले) धावनमार्गमा परीक्षण उडान उडान गरिएको थियो। विमानस्थल निर्माणका लागि  करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ। 

एक सय १६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको यो विमानस्थलमा १८ सिटे जहाजले उडान गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij