काठमाडौं / कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमवार) चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुई/दुई खेलहरु हुनेछन् ।पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा समूह ’एच ’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आजको अन्तिम एवं चौथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ ।