सारांश
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका अव्यवस्थित तार व्यवस्थित बनाउने काम सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तारलाई व्यवस्थित बनाउने काम थालेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु र काठमाडौं महानगरपालिका बीच आइतबार भएको छलफलमा सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तारलाई व्यवस्थित बनाउने सहमति भएको थियो ।
सोही सहमति अनुसार सोमबार बिहान ८ बजेदेखि माइतीघर मण्डला र न्यूरोड क्षेत्रका सडक किनारका पोलहरुमा गुजुल्टो परेका, चुँडिएका तथा लत्रिएका तारलाई हटाउने र व्यवस्थित ढंगले टाँग्ने काम सुरु भएको छ ।