Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सञ्चार माध्यम अब विज्ञापन बोर्डमा पनि दर्ता हुनुपर्ने


सारांश

सञ्चार माध्यम अब विज्ञापन बोर्डमा पनि दर्ता हुनुपर्ने
images

काठमाडौं । सरकारले सञ्चार माध्यमलाई विज्ञापन बोर्डमा पनि दर्ता गर्नुपर्ने व्यवस्था गर्ने भएको छ। हाल सूचना विभागमा सञ्चार माध्यमहरू दर्ता हुने गरेका छन्।

विज्ञापन नियमन ऐन २०७६ मा संशोधनमार्फत् सरकारले 'विज्ञापन कारोबार गर्ने सञ्चार माध्यम तथा विज्ञापन एजेन्सी तोकी बमोजिमको विवरण दाखिला गरी बोर्डमा सूचीकृत हुनुपर्ने' व्यवस्था राखेको हो। यसअघि विज्ञापन बोर्डमा विज्ञापन एजेन्सीहरू मात्र दर्ता हुने गरेका थिए। सरकारले ऐनमा संशोधनमार्फत् सञ्चार माध्यमलाई समेत दर्ता गर्नुपर्ने व्यवस्था गर्न लागेको हो।

प्रतिनिधि सभामा दर्ता भएको केही नेपाल ऐनको संशोधनमा हाल सञ्चालनमा रहेका विज्ञापन कारोबार गर्ने सञ्चार माध्यम समेत ऐन लागू भएको एक वर्षभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरिएको हो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij