Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

यस्तो छ खुकुलो मौद्रिक नीतिको रणनीति


सारांश

यस्तो छ खुकुलो मौद्रिक नीतिको रणनीति
images

काठमाडौं । राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गरेको छ । कठिन वित्तीय स्थितिका बीच अर्थमन्त्री डा.प्रकाशशरण महतको समेत निरन्तरको दबाब र प्रभावमा सार्वजनिक मौद्रिक नीतिमा केन्द्रीय बैंकले केही लचकता अपनाएको छ ।

यस्तो छ खुकुलो मौद्रिक नीतिको रणनीति:

१. बैंकदर १ प्रतिशतले घटाएर ७.५ प्रतिशतमा झार्ने, (अन्य ब्याजदर करिडोर यथावत्)

२. वास्तविक आर्थिक क्षेत्र (पर्यटन, कृषि, घर, जग्गा लगायत) मा प्रवाहित कर्जा आगामी असार मसान्तसम्म पुनर्संरचना र पुनर्तालिकीकरण गर्न म्याद थप (रु ५ करोड रुपैयाँसम्मको अन्य शीर्षकको कर्जा पनि), जरिवाना नलाग्ने,

३. बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिने । यसअघि यस्तो व्यवस्था २०८० असार मसान्तसम्मका लागि मात्र थियो ।

४.राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गर्ने तथ्याङ्कको आधारमा पछिल्ला दुई त्रैमाससम्म लगातार ऋणात्मक वृद्धि हुन गएका आर्थिक क्षेत्रहरुसँग सम्बद्ध ऋणीहरुले सुविधा पाउने गरी कोषमा उपलब्ध स्रोतको सीमाभित्र रही पुनर्कर्जा सुविधा उपलब्ध गराउने ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij