सारांश
एजेन्सी । बहराइनबाटै पुनः श्रम स्वीकृति दिन सुरु गरिने भएको छ। मनामास्थित नेपाली दूतावासले एक विज्ञप्ति निकाल्दै श्रम स्वीकृतिको अवधि सकिएका र पुनः श्रम स्वीकृति लिनु पर्ने व्यक्तिहरूलाई अनलाइनमार्फत आवेदन दिन सूचित गरेको छ ।
दूतावासका अनुसार गन्तव्य मुलुकमा रहेको नेपालीलाई कूटनीतिक नियोगबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने नेपाल सरकारको निर्णय बमोजिम बहराइनमा सोमबार अर्थात् जेठ १ गतेदेखि पुनः श्रम स्वीकृति प्रदान गर्न थालिनेछ ।