सारांश
काठमाडौंं । डिजेल र मट्टीतेलको भाउ घटेको छ। मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दस रूपैयाँ घटाएको हो।
निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १५५ रूपैयाँ लिटर पर्नेछ। यसअघि डिजेल र मट्टीतेलको १६५ रूपैयाँ थियो।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ कम गरिएको निगमले जनाएको छ।
निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार भारतीय आयल निगमबाट पेट्रोल प्रतिलिटर ९ रूपैयाँ र डिजेल ८ रूपैयाँ घटेर आएको हो। हाललाई पेट्रोलको भाउ भने यथावत नै राखिएको निगमले जनाएको छ।
एलपी ग्यासको मूल्य पनि यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। त्यस्तै हवाइ इन्धन (आन्तरिक) को मूल्य लिटरको १६० रूपैयाँ छ।