सारांश
काठमाडौं । सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्न आवश्यक कानुनी व्यवस्था गर्न नेपाल विज्ञापन संघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच सहमति भएको छ ।
मन्त्रालयमा संघका पदाधिकारी र मन्त्रालयका सहसचिवबीच सम्झौता भएको हो । विभिन्न माग राख्दै आएको संघले मन्त्रालयसँग सात बुँदे सहमति गरेको छ ।
उक्त सहमति पत्रमा मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदी र उपसचिव टेकबहादुर महतले हस्ताक्षर गरेका छन् भने संघको तर्फबाट प्रतिनिधि सुदीप थापा, कृष्णप्रसाद घिमिरे, कृष्ण मुरारी लामिछाने, रविन्द्रकुमार रिजाल शशी र विज्ञापन बोर्डका सदस्य बलराम थापाको हस्ताक्षर गरेका हुन् ।