सारांश
काठमाडौं । सोल्टी होटल लिमिटेडअन्तर्गत सुनसरीको इटहरीमा सुविधा सम्पन्न ५ तारे होटल ‘सोल्टी वेस्टेन्ड’ सञ्चालनमा आएको छ । गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा ५ तारे होटल भारतीय र आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै संचालनमा ल्याएको निर्देशक यादव प्रसाद पाण्डेयले बताए।
उनका अनुसार २ अर्ब लगानीमा बनेको सो होटल बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । यसअघि होटल गरिमा नाम दिएर सुरु गरिएकोमा सोल्टीले व्यवस्थापनको जिम्मा लिएसँगै ‘सोल्टी वेस्टेन्ड’को नाममा सञ्चालनमा आएको उनले बताए । यो होटल पूर्वकै पहिलो अत्याधुनिक ठूलो होटल भएको सञ्चालकको दाबी छ ।
होटलले छिट्टै क्यासिनो पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको पाण्डेयले जानकारी दिए ।