Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

महानगरले वडास्तरमै राजस्व अनुगमन गर्ने


सारांश

महानगरले वडास्तरमै राजस्व अनुगमन गर्ने
images

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडास्तरमै राजस्व अनुगमन गर्ने भएको छ ।

यसको लागि महानगरको राजस्व विभागले वडा कार्यालयहरुलाई पठाएको पत्रमा वडा क्षेत्रभित्र रहेका सम्पत्ति कर र बहाल कर बुझाए नबुझाएको, व्यवसाय दर्ता र नवीकरण भए/नभएको हेर्न अनुगमन गर्न भनिएको छ । अनुगमनका क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गर्न, प्रणाली सञ्चालनका विषयमा जानकारी गराउन अनुरोध गरिएको छ ।

जेठ १ गते बसेको कार्यपालिकाको बैठकले राजस्व अनुगमन गर्ने निर्णय गरेको थियो । अनुगमन टोलीको छनोट वडा अध्यक्षले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij