Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

अदिती बुढाथोकी : अमेजन प्राइमको वेब सिरिजमा


सारांश

अदिती बुढाथोकी : अमेजन प्राइमको वेब सिरिजमा
images

काठमाडौं । अभिनेत्री अदिती बुढाथोकी यतिबेला अमेजन प्राइमको संगीतसम्बन्धी वेब सिरिजमा अभिनय गरिरहेकी छन् । उक्त सिरिजलाई नितिन गावडेले निर्देशन गरिरहेका छन् ।

‘देवदास’जस्ता चर्चित हिन्दी चलचित्र छायांकन गरेका सिक्किमेली छायाकार विनोद प्रधानले यो सिरिजलाई खिचिरहेका छन् । यो वेब सिरिजको पहिलो सिजनको छायांकन यतिबेला मुम्बईमा भइरहेको छ ।

यता नेपालमा अदितीको होम प्रोडक्सन ‘बाबरी प्रोडक्सन’बाट नयाँ चलचित्र निर्माणको तयारी छ । योचलचित्रको छायांकन चाँडै हुने अदितीकी आमा तथा निर्मात्री पुष्पलताले जानकारी दिइन् । 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij