सारांश
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक वर्ष २०८०–८१ को बजेट निजी क्षेत्रका लागि सकारात्मक आएको बताएका छन् । सोमबार संघीय संसदमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गरेपछि अध्यक्ष ढकालले यस्तो प्रतिक्रिया दिएका हुन् ।