Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सहिद स्मारक ए डिभिजन लिग : खुमलटार रेलिगेसनमा


सारांश

सहिद स्मारक ए डिभिजन लिग  : खुमलटार रेलिगेसनमा
images

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७९ को च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग अन्तिम खेलमा हार बेहोरेसँगै फुटबल क्लब खुमलटार रेलिगेसनमा परेको छ । यससँगै दुई नवप्रवेशी क्लबमा चर्च ब्वाइज शीर्षस्थान र खुमलटार पुछारको स्थानमा रहेर ए डिभिजन लिगको पहिलो सिजन अन्त्य गरे ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा १० खेलाडीमा सिमित चर्च ब्वाइजले २-० को जित दर्ता गर्यो । पहिलो हाफमा गरेको २ गोल नै चर्च ब्वाइजको जितमा निर्णायक सावित भयो । पहिलो हाफमा खुमलटारका बेन्चमा रहेका खेलाडी र अफिसियलले रेफ्रीमाथि आक्रमण गर्दा खेल तनावग्रस्त भएको थियो । रेफ्रीले खुमलटारको बेन्चमा रहेका ३ अफिसियल र १ खेलाडीलाई रातो कार्ड दिएका थिए ।

पहिलो हाफकै इन्ज्युरी समयमा खेल तनावग्रस्त बनेपछि रेफ्रीले सुरक्षा माग गर्दै खेल स्थगित गरेका थिए । आधा घण्टापछि सुरु भएको खेलमा चर्च ब्वाइजले अर्को गोल थप्यो । इन्ज्युरी समयमा नै चर्च ब्वाइजका लागि बेम्पाले वन भर्सेस वनमा फिनिस गर्दै २-० को अग्रता दिलाए ।

यससँगै च्याम्पियन चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोड्दै लिगको अन्त्य गर्यो । खुमलटार भने २६ खेलमा २७ अंकका साथ पुछारमा रहयो ।

यता फ्रेन्ड्स क्लबले अन्तिम खेलमा नेपाल एपिएफ फुटबल क्लबलाई ४-० ले पराजित गरेपछि अर्को सिजन ए डिभिजन लिगमा रहने पक्का गरेको छ । एपिएफको यो हारले भने अब थ्री स्टार र एपिएफमध्य एक टोली अर्को सिजन बी डिभिजनमा घटुवा हुने समीकरण बनेको छ । थ्री स्टारले रेलिगेसन टार्न अन्तिम खेलमा शनिबार जावलाखेल युवा क्लबलाई पराजित गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij