Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आज नेपाल र नेदरल्यान्ड्सबीच भीडन्त


सारांश

आज नेपाल र नेदरल्यान्ड्सबीच भीडन्त
images

काठमाडौं । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : १५ मा सुरु हुनेछ । एक सातापछि जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा नेपालको यो अन्तिम तयारी खेल हो । नेपाल आइतबार जिम्बावे जानेछ।

जिम्बावे र दक्षिण अफ्रिका वातावरण मिल्दोजुल्दो छ । त्यसैको कारण नेपालले दक्षिण अफ्रिकामा तयारी गरेको हो । नेपाल, ओमान, नेदरल्यान्ड्स र स्कटल्यान्डले दक्षिण अफ्रिकामा आफ्नो अन्तिम तयारी गरेका छन् । नेपाल पहिलो अभ्यास खेलमा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । यो अभ्यास खेल हुँदा नेपाललाई आफ्नो गल्ती सुधार गर्ने राम्रो अवसर हुनेछ ।

नेपाल आइसिसी विश्वकप लिग २ मा शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा पुगेको हो । नेदरल्यान्ड्स १२ टेस्ट टोलीसँगै आइसिसी विश्वकप सुपर लिगमा शीर्ष आठमा पर्न नसकेपछि विश्वकप छनोट खेल्न लागेको हो ।

नेपालले जेठ ३० गते युएई र जेठ ३२ गते ओमानसँग वार्मअप खेल खेल्नेछ । प्रतियोगिता समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा आयरल्यान्ड, श्रीलंका, युएई, स्कटल्यान्ड र ओमान छन् । प्रतियोगिता असार ३ देखि २४ (जुन १८ देखि जुलाई ९) सम्म जिम्बावेमा हुनेछ ।

शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा अर्का समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा गर्नेछन् । सुपर सिक्समा समूह चरणको अंक पनि गणना हुने भएकाले आफ्नो समूहका टोलीसँग खेल्नु पर्दैन । अन्त्यमा शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij