सारांश
काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अघि आधिकारीक वार्मअप खेलमा आज युनाइटेड अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा जिम्बावेको हरारेमा सुरु हुनेछ ।
नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले गर्नेछन् । दक्षिण अफ्रिकामा नेपाल अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग कमजोर ब्याटिङका कारण पराजित भएको थियो । नेपाल उत्कृष्ट ब्याटिङका साथ आज पहिलो खेल जित्ने सोचमा हुनेछ । वार्मअप खेल हुँदा दुबै टोली बिना दबाब आफ्नो उत्कृष्ट प्लेइङ ११ खोज्ने सोचमा हुनेछन् ।
युएईको टोली : मोहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जहुर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद ।
नेपालको टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।