सारांश
काठमाडौं । न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२३ उत्तर अमेरिकाबाट १८ जना प्रतिस्पर्धीको नामावली सार्वजनिक गरिएको छ । आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठका अनुसार आवेदन दिने अन्तिम मिति मे ३१ ,२०२३ सम्म राखिएको थियो । अमेरिका र क्यानडा गरि कूल १८ जना प्रतिस्प्रद्धीहरुले भाग लिने भएका छन्।
यस पटक कार्यक्रमको लागि अतिथिहरुमा प्रियंका कार्की ,मिरुना मगर ,आयुषमान देशराज जोशी,सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे लगायतको उपस्थिति रहने छ। यस पटकको विजेता सिंधै २०२४ मा नेपालमा आयोजना हुने नेपाल सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धाको रुपमा भाग लिन पाउने छन् ।
यसै गरि मिस नेपाल नर्थ अमेरिका २०२३ को लागि पूर्व नेपाल सुन्दरी सदीक्षा श्रेष्ठ आधिकारिक मुख्य कोरियोग्राफर (पूर्ण प्रशिक्षण) हुने भएकी छिन् ।