Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा छानिए


सारांश

सन्दीप र दीपेन्द्र ग्लोबल टी-२० लिगमा छानिए
images

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् ।

आउने जुलाइ २० देखि सुरु हुने फ्रेन्चाइज प्रतियोगिताका लागि मंगलबार राति भएको ड्राफ्टमार्फत सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाइ मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो ।

ग्लोबल टी-२० लिग सन् २०१८ देखि सुरु भएको हो । सन् २०१९ मा दोस्रो संस्करण आयोजना भएयता प्रतियोगिता सन्चालन हुन सकेको थिएन । नेपालबाट सोमपाल कामी र सन्दीपलले यसअघि नै यो प्रतियोगिता खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij