सारांश
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अबुधाबीको आयोजनामा "अबुधाबी म्युजिकल धमाका" हुने भएको छ। यही असार १६ गते अर्थात् १ जुलाई २०२३ को दिन "अबुधाबी म्युजिकल धमाका" अबुधावी बस स्टेशन पछाडी फोल्क्लोर थिएटरमा हुने भएको हो।
यस कार्यक्रममा धमाका मच्चाउन नेपालबाट गायक यश कुमार, हास्यकलाकार सुमन कार्की, नायिका नम्रता सापकोटा, गायिका अनु चौधरी, आगन्तुक खरेल, समीर आचार्य लगायतका कलाकार अबुधाबी पुग्नेछन् ।
