सारांश
प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा कलाकार 'बल्छी ध्रुबे' नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ समेत रहेको प्रहरी स्रोतले जनाएको छ।
पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो।