Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आईसीसी क्रिकेट विश्वकप छनोट : नेपालले आज जिम्बाब्वेको सामना गर्दै


सारांश

आईसीसी क्रिकेट विश्वकप छनोट : नेपालले आज जिम्बाब्वेको सामना गर्दै
images

काठमाडौं । आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ ।

समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न लागेको हो ।

यसअघि नेपालले सन् २०१८ मा पनि जिम्बाब्वेमै भएको विश्वकप छनोटमा जिम्बाब्वेसँग खेलेको थियो । तर, त्यतिबेला नेपालको ओडीआई मान्यता नभएकोले उक्त खेलले पनि ओडीआई मान्यता पाएन । अब भने विश्वकप छनोट खेल्ने सबै १० टोलीसँग ओडीआई मान्यता छ ।

२०१८ मा ओडीआई मान्यता पाएपछि नेपालले ५१ ओडीआई खेलिसकेको छ र पाँच वर्षपछि फेरि जिम्बाब्वेमै विश्वकप छनोट खेल्दैछ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij