सारांश
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटमा आज नेपालले समूह चरणको दोस्रो खेल खेल्दैछ । जिम्बावेमा जारी समूह चरणको दोस्रो खेलमा नेपालले आज (मंगलबार) अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
पहिलो खेल जिम्बावेसँग आठ विकेटले पराजित नेपाल पहिलो जितको खोजीमा छ । अमेरिकासँगको खेल ताकाशिंगा स्पोर्ट्स क्लबमा मंगलबार दिउँसो १२ः४५ बजे सुरु हुँदैछ ।
नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको तेस्रो खेल असार ७ गते वेस्ट इन्डिज र अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्दैछ । १० टोली सहभागी खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् । फाइनल पुग्ने दुई टोली अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।