Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आईसीसी क्रिकेट विश्वकप छनोट : वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार


सारांश

आईसीसी क्रिकेट विश्वकप छनोट : वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार
images

काठमाडौं । ब्याटिङ नचल्दा आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । 

बिहीबार जिम्बाब्वेको हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजका लागि होप र पुरनले शतक बनाएपछि निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गरेको थियो । वेस्ट इन्डिजले प्रस्तुत गरेको ३४० रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर २३८ रनमात्र बनाउन सक्यो ।

नेपाललाई सस्तैमा समेट्न वेस्ट इन्डिजका जासन होल्डरले तीन विकेट लिए । अल्जारी जोसेफ, किमो पाउल र अकेइल हुसैनले समान दुई विकेट लिए । काइल मायर्सले एक विकेट हात पारे ।

वेस्ट इन्डिजसँगको हारले नेपालमाथि छनोटको सुपर सिक्समा प्रवेश गर्न अन्तिम खेलमा नेदरल्यान्ड्सलाई हराउनैपर्ने दबाब थपिएको छ । नेपाललाई हराएको वेस्ट इन्डिज दुई खेलबाट चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट दुई अंक जोडेको नेपाल चौथो स्थानमा छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप विजेतासँग खेलेको पनि यो पहिलोपटक हो ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij