काठमाडौं । १४औँ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ ।
बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा रहेको छ । त्यस्तै भारत नेपाललाई हराएर सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ ।
च्याम्पियनसिपमा नेपाल, आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनान सहभागी छन् । नेपालले समूहको अन्तिम चरणको खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।
