Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आईसीसी विश्वकप छनोट : निर्णायक खेलमै नेपालको ब्याटिङ चलेन


सारांश

आईसीसी विश्वकप छनोट : निर्णायक खेलमै नेपालको ब्याटिङ चलेन
images

 आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले नेदरल्याण्ड्ससामु १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिङ्गा स्पोर्ट्स  क्लबमा जारी खेलमा नेपालले ४४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ६७ रन बनाएपछि नेदरल्याण्ड्सले १ सय ६८ रनको लक्ष्य पाएको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ५५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यसैगरी, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २७ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा डच टोलीका लोगन भान बिकले सर्वाधिक ४ विकेट लिए । त्यसैगरी, बज डेलिड र विक्रमजीत सिंहले समान २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij