Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

आईसीसी विश्वकप छनोट : नेपालको विश्वकप खेल्ने सपना समाप्त


सारांश

आईसीसी विश्वकप छनोट : नेपालको विश्वकप खेल्ने सपना समाप्त
images

काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शनसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । 

नेपाल समूह ए बाट ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर बाहिरियो ।

अमेरिका यसअघि नै लगातार तीन खेलमा हारका साथ बाहिरिएको थियो । समूह ए बाट वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । नेपालले अव ७ औं देखी १० औं स्थान सम्मको लागि प्लेअफ खेल्नेछ । प्लेअफमा नेपालले समूह बी को पुछारको टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij