सारांश
काठमाडौं । १४औँ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ ।
भारतको बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार अपराह्न पौने ४ बजे हुने खेलमा पाकिस्तानविरुद्ध मैदान उत्रिँदा नेपाल जितसहित प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।
नेपाल र पाकिस्तान आफ्ना दुवै खेलमा कुवेत र भारतसँग पराजित भएका थिए ।