Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

विश्वकप छनोट : युएईसँग भिड्दै नेपाल


सारांश

विश्वकप छनोट :  युएईसँग भिड्दै नेपाल
images

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफका लागि नेपाल र युएईबीच आज प्रतिस्पर्धा हुँदैछ।

 नेपाल र युएईबीच हरारेमा हुने खेल नेपाली समयअनुसार १२:४५ मा सुरु हुनेछ। नेपालले युएईविरुद्ध खेलेका पछिल्ला चार खेलमा लगातार जित हात पारेको छ।

समूह ‘ए’ मा नेपाल चौथौ स्थानमा सीमित बन्दा सुपर सिक्समा पुग्न असफल भएको थियो। नेपालसँग प्रतिस्पर्धा गर्न लागेको यूएई भने समूह 'बी' मा पाँचौ भएको थियो।

नेपाल समूह चरणमा आयोजक जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग पराजित भयो अमेरिकालाई हराउन सफल भयो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij