सारांश
काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता भारतले नवौंपटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ। भारतले यसपटक आमन्त्रित टिम कुवतेलाई सडन डेथमा ५-४ गोलले पराजित गर्दै उपाधि जितेको हो।
भारतले २०२३ सहित १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा उपाधि जितेको थियो।
भारत र कुवेत दुवै टिम समूह 'ए' मा थिए। जुन समूहमा नेपाल पनि रहेको थियो। नेपाल दुवै टिमसँग पराजित हुँदा समूह चरणबाटै बाहिरिएको थियो। नेपालले समूहको अन्तिम खेलमा पाकिस्तानमाथि सान्त्वना जित निकालेको थियो।