सारांश
एजेन्सी। नेदरल्याण्ड्स भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट भएको छ ।
बिहिबार जिम्बाव्वेको बुलवायोमा भएको खेलमा स्कटल्याण्डलाई चार विकेटले हराउँदै नेदरल्याण्ड्स विश्वकपमा छनोट भएको हो ।
२७८ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले खेल सकिन ४३ बल अघि नै भेट्टायो । नेदरल्याण्ड्सका लागि बास डी लिड्सले विस्फोटक ब्याटिङ गर्दै ९२ बलमा १२३ रन बनाए ।
विश्वकप क्रिकेट आउँदो अक्टोबर नोभेम्बरमा भारतका १० वटा शहरमा आयोजना हुँदै छ ।