सारांश
काठमााडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का निर्वतमान अध्यक्ष, हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा १३ सदस्यीय नेपाल फुटबल क्लब एसोसिएसन (एनएफसिए) को तदर्थ समिति गठन भएको छ ।
सोमबार गठन गरेको एनएफसिएको उपाध्यक्षमा मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घले र रानीपोखरी टिम (आरसिटी) कुमारराज भण्डारी छन् ।
एन्फाका पूर्व उपाध्यक्ष समेत रहेका मध्यपुर युथ एसोसिएनका अध्यक्ष उपेन्द्रमान सिंह महासचिव, सानेपा क्लबका ध्रुबविक्रम पाण्डे सचिव, एसएएस स्पोर्टस समाजका मनोरथ आचार्य कोषाध्यक्ष रहेका छन् ।
त्यस्तै एन्फाका पूर्व महासचिव तथा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधर, फ्रेन्ड्स क्लबका विश्वासविक्रम शाह, सातदोबाटो क्लबका कपिल राना, न्यूरोड टिम –एनआरटी) का डिकेन सुवाल, नयाँ बस्तीका रामबहादुर तामाङ, सरस्वती क्लबका क्षितिज पराजुली र मनोहरा युनाइटेड क्लबका दीपक ज्ञवाली सदस्य रहेका छन् ।