Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

घट्यो नेपालको बरियता


सारांश

घट्यो नेपालको  बरियता
images

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालको एक स्थान घटेको छ ।

आइसिसीले जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान खस्किदै १५ औं स्थाानमा पुगेको छ ।नेपाल अघि नेदरल्यान्ड्स छ । विश्वकप छनोटमा सानदार प्रदर्शनका साथ विश्वकपमा स्थान वनाएको नेदरल्यान्ड्स १४ औं स्थानमा छ ।

नामिबिया १६ औं, अमेरिका १७ औं, ओमान १८ औं र युएई १९ औं स्थानमा छ । ओडिआई मान्यता गुमेको पपुवा न्युगिनी वरियताबाट पनि हटेको छ । नेपालअघि नेदरल्यान्ड्स १४ औं, आयरल्यान्ड १३ औं, स्कटल्यान्ड १२ औं, जिम्बावे ११ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । अष्ट्रेलिया शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।

जिम्बावेमा यसै साता सम्पन्न आइसिसी विश्वकप छनोटमा नेपाल ६ मध्ये ४ खेलमा पराजित भएपछि वरियता घट्न पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij