Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

इमर्जिङ टिम्स एसिया कप : नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित


सारांश

इमर्जिङ टिम्स एसिया कप :  नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित
images

काठमाडौं । ब्याटिङमा शीर्ष क्रमका ब्याटर ‘कोल्याप्स’ हुँदा नेपाल एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ विरुद्ध चार विकेटले पराजित भएको छ ।

श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब मैदानमा नेपालले प्रस्तुत गरेको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा तयाब ताहिरले ५१ रन बनाए । तयाबले ६७ बलमा ६ चौका प्रहार गरे । ओमाइर बिन युसुफले ३६, कमरान घुलामले ३१, सैम आयुबले २४ र हसिबुल्लाहले १२ रन जोडे । पाकिस्तानका कप्तान मोहम्मद ह्यारिस भने नौ रनमा आउट भएका थिए ।

नेपालका ललित राजवंशीले तीन विकेट लिए । पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिए । त्यसअघि ब्याटिङमा सोमपाल कामीबाहेक अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा टस जितेर ब्याटिङमा आएको नेपाल ३७ ओभरमा १७९ रनमै समेटिएको थियो ।

प्रतियोगितामा नेपाल र पाकिस्तान दुवैको यो पहिलो खेल हो । नेपालले साउन १ गते भारत ‘ए’सँग दोस्रो खेल खेल्ने छ । नेपाली टिमले साउन ३ गते समूह चरणको अन्तिम खेलमा यूएई ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij