काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको इङ्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।ङ्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे ।
अब इङ्ल्यान्डले अन्तिम क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।