सारांश
एजेन्सी । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्टार फरवार्ड किलीयन एमबाप्पेलाई एसिया भ्रमणको टोलीबाट बाहिर राखेको छ ।
हालको सम्झौता अनुसार एमबाप्पे यस सिजनको अन्त्यमा फ्रि एजेन्ट बन्नेछन् । तर पिएसजी उनलाई नयाँ सम्झौता गराउन चाहन्छ । यदि एमबाप्पेले नमानेको अवस्थामा क्लबले उनलाई अन्यत्र बेचेर ट्रान्सफर रकम हासिल गर्ने सोच बनाएको छ ।
एमबाप्पेको नाम लामो समयदेखि स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएको छ । उनले अर्को सिजन फ्री एजेन्टको रुपमा रियल म्याड्रिड जाने मनसाय बनाएको आँकलन पिएसजीको छ ।
एमबाप्पेले अब क्लबले दिएको नयाँ सम्झौता नवीकरण गर्ने वा पुरानो सम्झौता अनुसार एक वर्ष हालकै सम्झौतामा थप गर्ने विकल्प छ । त्यसो नहुँदा पिएसजीले उनलाई अन्य क्लबमा बेच्ने अनुमान रहेको छ । उनलाई खरिद गर्न १ सय मिलियन युरोभन्दा माथिको माग पिएसजीले राख्ने आँकलन छ ।