सारांश
जकार्ता । इन्डोनेसियाको माउन्ट सेमेरुको ज्वालामुखी पहाडबाट विस्फोटन हुन थालेको छ । त्यहाँबाट निस्केको खरानीले आकाश ढाकिएको छ भने मुलुकको मुख्य टापु जावाबाट मानिसहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लैजाने काम भइरहेको छ ।
स्थानीय प्रशासनले ज्वालामुखीको चेतवानीको स्तर अत्यन्तै उच्च स्तरमा प्रवाह गरेको छ । अहिलेसम्म त्यहाँबाट निस्केको लाभाका कारण कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन ।