Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

  • शनिबार, कात्तिक १५ २०८३

नेपालले अब एसिया कप र एसियन खेल खेल्दै


सारांश

नेपालले अब  एसिया कप र एसियन खेल खेल्दै
images

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले अब एसिया कप खेल्दैछ। पहिलोपटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’  मा छ। यो समूहमा नेपालसँगै भारत र पाकिस्तान छन्। 

भारत र पाकिस्तानको राजनीतिका तनावका कारण यसपटकको एसिया दुई देशमा हुँदैछ। एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन्। भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि खेल श्रीलंकामा हुन लागेका हुन्। 

समूहको पहिलो खेल नेपालले अगस्ट ३० मा (भदौ १३) पाकिस्तानसँग खेल्नेछ। पाकिस्तानको मुल्तानमा यो खेल प्रतियोगिताको उद्‌घाटन खेल समेत हो। एसिया कपको समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तनबाट श्रीलंका पुग्न पर्नेछ नेपाल। नेपालले दोस्रो खेलमा भारतविरुद्ध सेप्टेम्बर ४ (भदौ १८) मा श्रीलंकामा खेल्नेछ। 

एसिया कपपछि नेपालले चीनमा हुने १९औं एसियन खेलमा सहभागीता जनाउँदैछ।

टी-२० फर्म्याटमा हुने एसियन गेम्सको क्रिकेटको प्रतिस्पर्धा एसिया कप सकिएको दुई दिनपछि सुरू हुनेछ। आयोजकका अनुसार सुरुमा महिलातर्फको प्रतिस्पर्धा सेप्टेम्बर १९ देखि सुरु हुँदैछ। महिलामा नेपालले पनि भाग लिँदैछ।

 

 

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij