Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

पुरस्कारको व्यवस्थाले १०० किलो सुन समातियो : अर्थमन्त्री महत


सारांश

पुरस्कारको व्यवस्थाले १०० किलो सुन समातियो : अर्थमन्त्री महत
images

 काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेका कारण १०० किलो सुन समातिएको दाबी गरेका छन् ।

सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

भन्सारमा हुने अनियमितता कम गर्न यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिंदा सुन समातिएको उनले बताए ।

‘जुन सुन समातियो त्यसको मुख्य कारण सुराकीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका कारणले भएको हो । सूचना दिनेलाई पुस्कार दिने व्यवस्था गर्न मैले बजेटमा व्यवस्था गरेको थिएँ,’ अर्थमन्त्री महतले थपे, ‘सूचना हुनेलाई पुरस्कारका कारण प्रोत्साहन मिलेको हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij