सारांश
एजेन्सी । फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पेका लागि विश्व कीर्तिमानी २५९ मिलियन पाउण्डको प्रस्तावपछि साउदी अरेबियाको टिम अल-हिलालले एमबाप्पेसँग कुरा गर्ने अनुमति पाएको छ।
अल-हिलालको यो प्रस्ताव पिएसजीले स्वीकार गरेपछि एमबाप्पेसँग कुरा गर्ने अनुमति दिइएको हो।
२४ वर्षीय फ्रान्सको राष्ट्रिय टिमका कप्तान एमबाप्पे र पिएसजीबीच अझै एक वर्षको सम्झौता बाँकी छ। पिएसजीले गरेको २०२४ पछिको नयाँ सम्झौताको प्रस्तावलाई एमबाप्पेले अस्वीकार गरिसकेका छन्।
जसका कारण पिएसजी र एमबाप्पेबीच विवाद बढेको छ। विवादका कारण एमबाप्पेलाई पिएसजीको एसिया भ्रमणको टिममा समावेश गरिएको छैन।
इंग्लिस क्लबत्रय चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटेनह्याम, इटालीयन क्लब इन्टर मिलान तथा स्पेनिस क्लब बार्सिलोनाले एमबाप्पेलाई भित्र्याउन चासो व्यक्त गरेको अवस्थामा साउदीबाट आएको प्रस्तावमा कुरा अघि बढेको छ।