सारांश
काठमाडौं । एएफसी एसिया कप-२०२७ र फिफा विश्वकप-२०२६ छनोटको पहिलो चरणमा नेपाली राष्ट्रिय फुटबल टिमले लाओसविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।
होम एन्ड अवे पद्दतिमा हुने पहिलो चरणको छनोटका लागि बिहीबार भएको ‘ड्र’बाट नेपालले लासोसलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो । पहिलो चरणका जित निकाल्ने टिमले दोस्रो चरणमा स्थान बनाउनेछ ।
फिफाको एसियाली वरीयताको पुछारका २० टिममा परेपछि नेपालले विश्वकप छनोटको पहिलो चरण खेल्ने भएको हो ।
सन् २०२६ को फिफा विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा हुने तालिका छ ।