Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

  • शुक्रबार, कात्तिक १४ २०८३

ग्यासको भाउ घट्यो, पेट्रोल-डिजेलको भाउ बढ्यो


सारांश

ग्यासको भाउ घट्यो,  पेट्रोल-डिजेलको भाउ बढ्यो
images

काठमाडौं । सरकारले पेट्रोल, डिजेल, मट्टीतेलको भाउ बढाएको छ भने खाना पकाउने ग्यासको घटाएको छ।

मंगलबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको र ग्यासको घटाएको हो।

निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७ रूपैयाँ बढाएको जानकारी दिएको छ। त्यस्तै खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो।

प्रतिक्रिया दिनुहोस
© copyright 2014-2022 and all right reserved to Saaramsha   |   Site By : sobij