सारांश
काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तरगत मंगलबार प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेलहरुमा प्रतिस्पर्धा हुँदैछ ।
पहिलो खेलमा समूह ‘एफ’ को विजेता मोरक्कोले समूह ‘ईं’ को उपविजेता स्पेनसँग खेल्दैछ । अर्काे खेलमा समूह ‘एच’ को विजेता पोर्चुगलले समूह ‘जी’ को उपविजेता स्वीट्जरल्यान्डसँग खेल्दैछ । यि दुई खेलको अन्त्यसँगै क्वाटरफाइनल समिकरण पूरा हुनेछ ।
मोरक्को र स्पेनबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यस्तै पोर्चुगल र स्वीट्जरल्यान्डबीचको खेल लुसेल आइकोनिक रंगशालामा राति १२ः४५ बजेपछि हुनेछ ।